नियम
संक्षिप्त नाम र प्रारम्भ -
१) यी नियमहरुको नाम “नेपाल इन्जिनियरिङ्ग सेवा (गठन  समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमहरु, २०५१” रहेकोछ ।
(२) यी नियमहरु तुरुन्त प्रारम्भ हुनेछन् ।
२. परिभाषा -विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यी नियमहरुमा,—
(क) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “नियमावली” भन्नाले निजामती सेवा नियमावली, २०५० सम्झनु पर्छ ।
(ग) “सेवा” भन्नाले नियम ३ बमोजिमको नेपाल इन्जिनियरि· सेवा सम्झनु पर्छ ।
(घ) “समूह” भन्नाले नियम ४ को उपनियम (१) बमोजिमको समूह सम्झनु पर्छ ।
(ङ) “उपसमूह” भन्नाले समूह अन्तर्गत रहने उपसमूह सम्झनु पर्छ ।
(च) “कर्मचारी” भन्नाले नेपाल इन्जिनियरि· सेवाका निजामती कर्मचारी सम्झनु पर्छ ।
३. सेवाको गठन – ऐनको दफा ३ बमोजिम नेपाल इन्जिनियरि· सेवा गठन गरिएकोछ ।